(१) नियम ३ बमोजिम प्राप्त भएको दरखास्तमा आवश्यक जाँचबुझ गरी लाइसेन्स दिने अधिकारीले नियम ९ मा उल्लिखित दस्तुर लिई देहाय बमोजिम दरखास्तवालालाई लाइसेन्स दिनु पर्नेछ ।
(क) स्याटेलाइट रिसिभिंग सिष्टम वा स्याटेलाइट कम्यूनिकेशन सिष्टम ( अर्थ स्टेशन) र कर्डलेस टेलिफोनको लागि क्रमशः अनुसूची–४(क) र अनुसूची–४(ख) बमोजिमको ढाँचामा,
(ख) खण्ड (क) मा उल्लेख भएदेखि बाहेकका अन्य सबै प्रकारका रेडियो यन्त्र राख्न तथा प्रयोग गर्नको लागि अनुसूची–४(ग) बमोजिमको ढाँचामा,
(ग) एमेच्योर रेडियो कन्ट्रोल अपरेटर वा एमेच्योर रेडियो सञ्चालक हुनको लागि अनुसूची–४(घ) बमोजिमको ढाँचामा,
(घ) रेडियो यन्त्र उत्पादन गर्नको लागि अनुसूची–५ बमोजिमको ढाँचामा र
(ङ) रेडियो यन्त्र बिक्री वितरण गर्नको लागि अनुसूची–६ बमोजिमको ढाँचामा ।
(२) उपनियम (१) बमोजिम लाइसेन्स दिंदा सार्वजनिक सञ्चार सेवामा प्रतिकूल असर पर्ने गरी दरखास्तवालालाई लाइसेन्स दिइने छैन ।
(३) उपनियम (१) बमोजिम लाइसेन्स दिंदा लाइसेन्सवालाले पालना गर्नु पर्ने आवश्यक शर्तहरू समेत तोकी दिन सक्नेछ ।